ढल्केवर (धनुषा) - नेपाली काँग्रेस धनुषा मिथिला नगरपालिकाको नगर सभापतिमा जोगी महतो सर्वसम्मत् चयन भएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्गत सोमबार ढल्केवरमा भएको भेलाले महतोलाई नगर सभापतिमा सर्वसम्वत् चयन गरेका हुन् । योसँगै महतो दोस्रो पटक नगर सभापति बनेका हुन् । उनी यसअघि पार्टीको चुनावबाट नगरको सभापति बनेका थिए ।
यस्तै मिथिला नगरपालिकाको पार्टी नगर सभापतिको आकांक्षी बुधेश्वर महतोलाई धनुषा क्षेत्र नं. ४ को क्षेत्रिय सचिव पदमा निर्विरोध चयन गर्ने सहमति बनेको छ । उनलाई आउँदो क्षेत्रिय महाधिवेशनबाट निर्विरोध क्षेत्रिय सचिव पदमा चयन गर्ने सहमति बनेको हो ।
मिथिला नगरपालिकामा मुख्यरुपमा जोगी र बुधेश्वरले नगर सभापतिमा दाबी गर्दैआएका थिए । सहमतिमा पार्टीको नेतृत्व चयन भएपछि पार्टीका नेताकार्यकता तथा समर्थकले प्रसन्नता प्रकट गरेका छन् ।