जनकपुरधाम- नेपाली कांग्रेसका पूर्व उप–सभापति विमलेन्द्र निधिलाई प्रत्यक्षबाट उम्मेदवार बन्न पार्टी भित्रबाट दवाव दिइन थालिएको छ ।
निधि जनकपुरधाम लगायत विभिन्न ठाउँमा उम्मेदवार नवन्ने घोषणा गरी रहेकावेला पार्टी भित्र दवाव बढ्न थालेको छ । निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई गठबन्धनमा ल्याउनुपर्ने जोड दिँदै आफ्ना क्षेत्र धनुषा निर्वाचन क्षेत्र नम्वर ३ लोसपाकालागि छोड्ने संकेत गरेका छन् ।
हुनत धनुषा निर्वाचन क्षेत्र नम्वर ३ वाट लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो वाट निधि गत निर्वाचनमा पराजित भएका थिए । लोसपाका वरिष्ठ नेता महतो गत निर्वाचनमा ३० हजार ७ सय २५ मत ल्याई विजयी भएका थिए भने नेपाली कांग्रेसका निधि २७ हजार ८ सय ४७ मत ल्याएका थिए । महतो २ हजार ८ सय ७८ मतले बिजयी भएका थिए । त्यतिवेला महतोलाई नेकपा एमाले ले पनि सघाएको थियो । क्षेत्र नम्वर ३ को दक्षिणी–पश्चिमी भेगमा नेकपा एमालेको राम्रो संगठन रहेको मानिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्वर ३ मा मुखियापट्टि मुसहरनीया, नगराइन, धनौजी र जनकपुरधाम उप–महानगरपालिकाका केही वडाहरु पर्छन् । तर, स्थानीय तहको निर्वाचनमा मुखियापट्टि मुसहरनीया गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ भने नगराइन नगरपालिकाका प्रमुखमा कांग्रेसका प्रमुख बिजयी भएपनि अधिकांश वडाहरुमा नेकपा एमालेलेनै जित हासिल गरेका छन् । त्यस्तै धनौजीमा कांग्रेसको राम्रो पकड मानिएको छ भने जनकपुरधाम उप–महानगरपालिकामा नै निधिलाई विश्वास लागेको छैन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिकामा निधिले गठबन्धनका उम्मेदवारलाई हराउन खेले को भूमिकालेनै उनी त्रसित देखिएका छन् । उनले कांग्रेसका बागी उम्मेदवार वर्तमान मेयर मनो जकुमार साहलाई जिताउन गठबन्धन विरुद्ध गएका थिए ।
अहिले पनि पाँच दलीय गठबन्धन छ तर उनी प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गर्दै हिडेका छन् । उनी निर्वाचन नलडने घोषणा गर्नुको कारणहरुवारे राजनीतिक विश्लेषकहरुले विश्ले षण गर्न थालेका छन् । निधि पार्टीको महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका थिए । तर, उनलाई मधेश प्रदेशको मत पनि नपरेर भाडी मततान्तरको सामना गर्नु परेको थियो । त्यति मात्रै नभई मधेश प्रदेशको निर्वाचनमा समेत उनका उम्मे दवार रामसरोज यादवलाई पराजित गर्दै देउवा समूहका कृष्ण यादव सभापतिमा निर्वाचित भएका छन् ।
निधिको पार्टी भित्र कमजोर पकड र गुम्दै गएको लोकप्रियताका बाधक उनकै नजिक रहेका पार्टीका सह–महामन्त्री महेन्द्र यादव र मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री राम सरोज यादव रहे को उनका निकट स्रोत बताउँछन् । सह– महामन्त्री यादव धनुषा निर्वाचन क्षेत्र नम्वर ३ वाट प्रतिनिधिसभामा र प्रदेश मन्त्री रामसरो ज यादव धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को (क)वाट प्रदेश सभामा लड्ने तयारीमा छन् । निधि यस पटकको निर्वाचनमा आफै व्याकपूmटमा रही उनी दुवै जनालाई तह लगाउने योजना बनाई रहेका छन् । ‘सह–महामन्त्री यादव र प्रदेशका मन्त्री यादवलाई यस पटकको निर्वाचनमा पराजित गराई दुवैलाई तह लगाउने योजनामा निधि जी रहेका छन्’ स्रोतले भन्यो–‘ निधिजी उम्मेदवार नबने दुवै जनाको हार निश्चित छ, त्यै भएर उनलाई उम्मेदवार बनाउन पार्टी भित्र दवाव दिइएको छ ।’
सह–महामन्त्री यादव विरुद्ध हुने षडयन्त्रमा पार्टीका जिल्ला सभापति योगेन्द्र पञ्जिायर पनि निधिलाई सघाउने भएको छ । कांग्रेसको जिल्ला अधिवेशनमा सह–महामन्त्रीले दिनेश प्रसैलालाई सहयोग गरेका थिए । कांग्रेसका नेताहरुले पार्टीका सभापति शेरवहादुर देउवा, शेखर कोइराला, रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतका नेताहरु प्रत्यक्षवाट निर्वाचन लड्ने तर, निधि किन आफ्नो क्षेत्र छोडनु पर्यो भने प्रश्न तेर्साउन थालेका छन् । उनी पनि प्रत्यक्षवाट निर्वाचन लड्नुपर्ने अडान लिएका छन् । स्रो तका अनुसार सह–महामन्त्री यादवले पार्टी सभापति देउवालाईनै भेटेर निधिलाई उम्मे दवार बनाउनुपर्ने कुरा राखेका छन् । पार्टी सभापतिले पनि यस विषयमा निधि संग छलफल गर्ने जनाएका छन् ।




