
जनकपुरधाम - जनकपुरका सिने कलाकार कलकतियाबालीकी श्रीमति अन्सा सदा आफ्नै घरमा मृत फेला, प्रहरी अनुसन्धान गर्दै
अजय साह
जनकपुरधाम । जनकपुरधामका कलकतियाबालीकी नामले चर्चित कलाकार अभिनास झा की श्रीमति अन्सा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।
कलाकार 'कलकतिया बाली’ भन्ने अविनाश झाकी श्रीमती अंशा सदा मृत फेला परेकी छिन् । जनकपुरधाम उपमहानगरपालिका-१५ स्थित गए राति २१ वर्षीया सदा मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव कोठामा फेला परेको हो । अहिले प्रहरी घटना स्थलमा पुगेर अनुसन्धान थालेका छन् ।
गत माघ महिनामा ब्राह्ममण समुदायका कलाकार झाले दलित समुदायकी अन्सा सदा संग अन्तरजातीय विवाह गरेका थिए ।
निकैताम झाम सहित विहे पश्चात गृह प्रवेश गरेर दुवै जोडी समाजिक संजालमा निकै खुसी देखिन्थे तर अचानक सोमबार राती अन्सा सदा मृत अवस्थामा फेला परेकि हुन् ।
प्रहरी प्रवक्ता सिँहले अनुसार यो घटना सोमबार रातीकै रहेको पुष्टि गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ स्थित नोचा पोखरी नजिकैको नोचपुरस्थित सुटिँग स्थलमा अहिले घटनाबारे थाह भएर सर्वसाधरणको भीड लागेको छ।
अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा घटना बारे केहि बोल्न सक्ने अवस्थामा देखिएनन् । झा श्रीमतिको मृत्युको अचेत अवस्थामा देखिएको छ।
अहिले प्रहरीको टोली घटना स्थललाई नियन्त्रणमा लिएर मुचुल्का प्रक्रिया अगाडी बढाएको छ । माईती पक्ष आएपछि पोष्टमार्टमको प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ ।

अवस्था हेर्दा सदाले आत्महत्या गरेको देखिएपनि बिना पोष्टमार्ट केहि भन्न नसकिने प्रहरी प्रवक्ता सिँहले बताउनुभयो ।
कलाकार अविनास झा र अन्सा सदाबीच करिब १०- ११ दिनदेखि तनाव चल्दै आएको बुझिएको छ।
उहाँहरुले फेसबुकमा दिन्हुँ रिल्स, भिडियो अपलोड गर्ने गर्थे । तर दुवै जनाको भिडियो अन्तिम गत १३ जुन २०२५ अर्थात जेठ ३० गतेको मात्र पोष्ट भएको देखिएको छ । त्यसपछि यो अन्तरालमा उनीहरुको सँगैको भिडियो अपलोड भएको देखिएको छैन। दिनहुँ भिडियो हाल्ने दुवैजनाले भिडियो हाल्न बन्द गरेपछि उनीहरुबीचको यो समय तनाव भएको हुन सक्ने आशंका गरिएको छ ।