
महोत्तरी - प्रतिनिधि सभा र प्रदेश सभा चुनाव २०७९ मा महोत्तरीमा लोसपा नेपालको जित्ने क्रम जारि रहेको छ।
महोठत्तरीको प्रतिनिधिसभा क्षेत्र ३ को ख बाट उम्मेदवार बनेकी राष्ट्रिय लोकतान्त्रिक पार्टी (लोसपा) की रानी शर्मा तिवारी पुनः निर्वाचित भएकी छिन । उनी ६ हजार चार सय १४ मतका साथ निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार उज्वल झाले पाँच हजार चार सय ८९ मत ल्याएका छन् ।
उनी नौ सय २५ मतको मतान्तरले विजयी भएकी हुन् । क्षेत्र ३ (ख )मा कुल खसेको मत २९ हजार चार सय ३२ मतमध्ये एक हजार एक सय७४ मत बदर हुँदा २८ हजार दुई सय ५८ मत सदर भएको हो ।
त्यस्तै क्षेत्र नं ३(क) बाट उम्मेदवार अभिराम शर्मा पुन निर्वाचित भएका छन। अभिराम शर्मा ९८९२ मत ल्याई छ्न। उनका निकटतम प्रतिद्वन्दि रहेका दिपेन्द्र झा ९७१८ मत ल्याएका थिए।उनि आफ्नो निकटतम प्रतीद्वन्दी संग १७४ मतको अन्तरले बिजय भएका छन।