
महोत्तरी(औरही) - महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट यस वर्ष एसइई परिक्षामा नगरपालिका भित्र रहेको सामुदायिक र निजि बिधालय गरि यस वर्ष ४ सय ५२ जना विद्यार्थी सहभाागी हुने भएका छन्।
श्री प्रसाद सिंह माबि बिधालयबाट नियमित तर्फ ७४ जना र ग्रेड वृद्धि तर्फ ११ जना गरि ८५ जना बिधार्थी,श्री सोन्फी दशै माबि बिधालयबाट नियमित तर्फ ११५ जना र ग्रेड वृद्धि तर्फ ५५ जना गरि १७० जना बिधार्थी,श्री रामविलाश जनता माबि बिधालयबाट नियमित तर्फ ९८ जना र ग्रेड वृद्धि तर्फ ६ जना गरि १०४ जना बिधार्थी ,श्री माबि बैरियाबाट नियमित तर्फ ३३ जना र ग्रेड वृद्धि तर्फ ६ जना गरि ३९ जना बिधार्थीहरु सहभागी हुनेभएको छ। त्यस्तै नगरपालिका भित्र निजि माबि बिधालय चिल्ड्रेन ग्लोगी पब्लिक बिधालयबाट ३७ जना र द सनराईज माबि बिधालयबाट १७ जना परिक्षामा सहभागी हुने भएका छन ।
औरही नगरपालिका भरिबाट सामुदायिक बिधालय र निजिबिधालयबाट यस वर्ष एसईई परीक्षाामा ४ सय ५२ जना विद्यार्थी आगामी चैत ७ गतेबाट हुने एसईई परीक्षामा सहभागी हुने भएका हुन्।परीक्षाका लागि आवश्यक हाजिरी पुर्याएका नियमित तर्फ र ग्रेड वृद्धि तर्फ जोडेर ४५२ जना विद्यार्थी सहभागी हुने औरही नगरपालिकाका शिक्षा शाखाका प्रमुख धन बहादुर राईले जानकारी दिए।