
रौतहट - ज्योति विकास बैक चन्द्रनिगहापुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रौतहटको राजपुरमा पुस्तक बितरण गरेको छ । ज्योति विकास बैक चन्द्रनिगहापुर शाखाले राजपुर नगरपालिका वडा नं. ७ अकोलवा स्थित सरस्वती सदन आधारभूत विद्यालय लाई १ सय थान पुस्तक हस्तानन्तरण गरेको छ ।
ज्योति विकास बैक चन्द्रनिगहापुर शाखाका प्रबन्धक सुरज देवकोटाले सरस्वती सदन आधारभूत विद्यालयका प्रधानध्यापक मनीशकर निधि र शिक्षकलाई पुस्तक हस्तान्तरण गरेको हो । बैकले प्रत्येक वर्ष विभिन्न सघ सस्था र विद्यालयहरुमा स्वास्थ्य तथा शैशिक सामग्री तथा छात्रवृति उपलब्ध गराउदै आएको शाखा प्रबन्धक देवकोटाले बताए ।
सरस्वती सदन आधारभूत विद्यालयका प्रधानध्यापक मनी शकर निधिले पुस्तकहरु बाट साना साना भाई बहिनी हरुमा नैतिक तथा व्यवहारिक शिक्षाको विकास हुनुको साथै विद्यार्थीहरुमा आत्ममनोवल बढने विश्वास व्यक्त गरे । विद्यार्थीहरुका लागि पुस्तक अति आवश्यक रहेको उल्लेख गर्दै नीधिले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।
ज्योति विकास बैक १ सय २१ शाखा कार्यालयहरु ३ एक्सटेन्सन काउन्टर र ७५ एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।