
मो.इसराफिल राईन,महोत्तरी- महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको मटिहानीमा आज बिहान बालबिबाह न्यूनीकरणका लागि जनचेतना मूलक रयाली निकालिएको छ ।
बिगतको करीब ४ वर्ष देखि मटिहानी नगरपालिकाले बालबिबाह न्यूनीकरणका लागि बिबिध कार्यक्रमहरु गर्दै आईरहेको छ ।
त्यसै क्रममा आज बिहान “सुखी, समृद्ध जीवन्त सहर, बालविवाहमूक्त मटिहानी नगर” मूल नाराका साथ मटिहानी नगरपालिका वड़ा नं.-७ द्वारा आयोजित बालबिबाह न्यूनीकरण सम्बन्धी जनचेतना मूलक रयाली कार्यक्रममा नगर प्रमुख हरि प्रसाद मंडल सहभागी हुनु भएका थिए ।

आज बिहान निकालिएको उक्त बालबिबाह न्यूनीकरण सम्बन्धी जनचेतना मूलक रयाली मटिहानीको बिभिन्न भागको परिक्रमा गरी कोन सभामा गरी सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नगर उप-प्रमुख मंजु देवी साह, मटिहानी नगरपालिका वड़ा नं.-७ का वड़ा अध्यक्ष जितनारायन माझी , वड़ा नं.-३,६ र ८ का वड़ा अध्यक्षहरु क्रमशः नाजिर मिया, कलीम अंसारी र रितेश साह, कार्यपालिका सदस्यहरु, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास, मटिहानी आयुर्वेद औषधालयका प्रमुख मनोज पाण्डेय, लोसपाका नगर अध्यक्ष श्याम कुमार मंडल, नेपाली कांग्रेसका बैजनाथ मंडल, ने.क.पा माओबादीका राजकिशोर मंडल लगायतका राजनीतिक दलका प्रतिनिधिहरु, वड़ा नं.-७ का वड़ा सचिव श्री उमेश मंडल,नगरपालिकाका कर्मचारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु,अभिभावक एवं बिद्यार्थीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।





