महोत्तरी – नेपाल औषधि व्यवसायी संघ महोत्तरीले ५२ औ स्थापना दिवसको अवसरमा पाँच सय विद्यार्थीहरुमा शैक्षिक सामाग्री वितरण गरेको छ ।नेपाल औषधि व्यवसायी संघ महोत्तरी शाखाले संघको ५२ औ स्थापना दिवसको अवसरमा समाजिक उत्तरदायित्व अन्तर्गत गैशाला स्तिथ श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयमा अध्यनरत प्रा.वि तहका र कक्षा आठ समम् का छात्र/छात्रा तथा फरक क्षमताका भएका विद्यार्थीहरमा कॉपी,कलम लागयतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विद्यार्थीहरुको पठन-पाठनमा सहयोग हुने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संघका जिल्ला अध्यक्ष अजय साहले समाजसेवामूलक कार्यहरू मार्फत समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्न संघ सधैं तत्पर रहदै आएको बताउदै । उनले शिक्षाको क्षेत्रमा सघाउने यस्ता कार्यले विद्यार्थीहरूमा प्रेरणा बढाउने विश्वास पनि व्यक्त गरे।




यता संघका वरिष्ठ उपाध्यक्ष लव सिंहले हामिले औषधि व्यवसाय मात्र होइन, सामाजिक उत्तरदायित्व पनि बोक्नुपर्छ भन्ने सोचका साथ शिक्षा क्षेत्रमा योगदान पुर्याउने काम गरेका हौं। विद्यार्थीलाई सशक्त बनाउन सशक्त शिक्षाको खाँचो छ, र यसमा हाम्रो सानो योगदानले पनि ठूलो असर पार्न सक्छ भने धारणा व्यक्त गरे ।यस सँगै उनले संघले आगामी दिनमा सामाजिक उत्तदायित्व निर्वहन गर्न यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।





