
सुजाता राई
काठमाडौं । ‘हामी र हाम्रो कृति समाज’द्वारा आज काठमाडौंको बालुवाटारस्थित लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहलमा रचनावाचन तथा स्रष्टा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा रहनुभएको थियो। संस्थाका सचिव बद्री उप्रेतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा करिब तीन दर्जन स्रष्टाहरूले आ–आफ्ना साहित्यिक रचनाहरू प्रस्तुत गरे।
कार्यक्रममा सुशील रिजाल, राजेन्द्र घिमिरे ‘सागर’, कुमार खड्का, दुर्गा किरण तिवारी, सरिता थापा, नम्रता उप्रेती, बद्री उप्रेती, अरुण खड्का, राजेशमान केसी, कमला अधिकारी, मन भुजेल, श्याम मकजु, नानु राना थापा, शिलाकुमारी खरेल, ज्ञानु दाहाल, कमला मरासिनी, कुमार खड्का, अमर अधिकारी, दीपक पनेरु लगायत स्रष्टाहरूले विविध रचना वाचन गरी कार्यक्रमलाई साहित्यिक र रंगीन बनाए।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मदन नेपालले ‘हामी र हाम्रो कृति समाज’ले अहिलेसम्म सञ्चालन गरेका विविध साहित्यिक गतिविधि तथा प्रकाशन कार्यहरूको जानकारी दिए।
कार्यक्रमको अध्यक्षता संस्थाका सदस्य सुभद्रा अधिकारीले गर्नुभएको थियो भने सञ्चालन पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ले गरेका थिए