महोत्तरी- महोत्तरीको प्रमुख व्यापारीक केन्द्र गौशाला बजारका व्यपारिबाट अनाधिकृत रुपमा रकम संकलन गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारी सहित तीन जनालाई कारवाही भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक भण्डारी सहित तीनै जनालाई नेपाल प्रहरीको जनकपुरधाम स्थित गणमा बोलाएको छ । व्यपारिबाट जर्वजस्ती मासिक रुपमा रकम संकलन गरेको, चेक अनदार मुद्दामा आरोपितबाट आर्थिक लाभ लिएको, इलाका प्रहरी कार्यालय गौशाला परिसरमा दिन्हु छलफलबाट बिचौलिया परिचालन गरी आर्थिक संकलन गर्दै आएको आरोपमा प्रहरी निरीक्षक भण्डारी, प्रहरीहरु धिरज महतो र अर्जुन विश्वकर्मालाई जनकपुरधाम स्थित नेपाल प्रहरीको गाणमा तानिएको जिल्ला प्रहरी कार्यालय महोत्तरी स्रोतले जनाएको छ ।




