राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसियसन बर्दिवासको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।
राजकिशोर साहको नेतृत्वमा ९ जनाको कार्यसमिति निर्वाचित गरेसँगै सनिवार अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले यसअघिको कार्यकालमा सचिव रहेका सन्तोष वानियालाई उपाध्यक्षमा निर्वाचित गरेको छ भने सचिवमा दावा लामा निर्वाचित भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा मित्र रिखम, स-सचिवमा सन्दिप घिमिरे, सदस्यहरुमा समिर भट्टराई, विरलाल विक र दिवोध लामिछाने निर्वाचित भएको नवनिर्वाचित सचिव दावा लामाले जानकारी दिए ।
अधिवेशनले सल्लाहकार समिति समेत वनाएको छ । समितिमा नोगेन्द्र क्यापछाकी, नारायण लुम्रे र चन्द्र श्रेष्ठ रहेका छन् । यो अवसरमा कार्यालय समेत औपचारिक उदघाटन भएको छ । कार्यालय भने कमलामाई स्कुलका संचालक तथा नवनिर्वाचित सदस्य दिवोध लामिछानेले नि;शुल्क उपलब्ध गराएका छन् ।
अधिवेशनको खुल्लासत्र नोगेन्द्र क्यापछाकीको संयोजकत्वमा र प्रमुख अथिति केन्द्रिय उपाध्यक्ष नन्दन यादवको सहभागितामा सम्पन्न भएको थियो ।
एनप्याव्सन अन्तर्गत अहिले नगर क्षेत्रमा १४ वटा विद्यालयहरु रहेका छन् ।




