सप्तरी- सप्तरी जिल्लाको रुपनी गाउँपालिका–२, पौवाटोलमा करेन्ट लागेर एकै परिवारका दम्पतीको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय बालेश्वर मण्डल र उनकी ३५ वर्षीया श्रीमती रामकुमारी खंग रहेका छन्।
सप्तरी प्रहरी कार्यालयका अनुसार घरमै सिटी रिक्सा चार्ज गर्ने क्रममा राति करेन्ट लाग्दा दम्पतीको ज्यान गएको हो। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीको आशंका छ कि श्रीमान मण्डललाई करेन्ट लागेपछि उनलाई छुटाउन गएकी श्रीमतीलाई पनि करेन्ट लागेको हुन सक्छ।



घटनाबारे आज बिहान ५:४५ बजे प्रहरीमा जानकारी पुगेको जनाइएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।




