बर्दिवास – सिस्नुपानी नेपाल महोत्तरीले बर्दिवासमा पहिलोपटक गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्ने भएको छ ।
“अब हाँस्छ बर्दिवास” नाम दिइएको यो कार्यक्रम साउन २४ गते शनिबार, गौतम होटल, बर्दिवासमा दिउँसो ३ बजे सुरु हुनेछ ।
कार्यक्रममा स्थानीय हास्य प्रस्तुतिहरू रहनेछन् भने, सहभागीता पूर्ण रूपमा निःशुल्क हुनेछ ।
सिस्नुपानी नेपालका अध्यक्ष नारद प्रसाद काफ्लेले गाईजात्रा जस्ता परम्परागत पर्वलाई आधुनिक दृष्टिकोण र हास्य–व्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरेर समाजमा सन्देशमूलक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनका अनुसार, कार्यक्रमले सामाजिक विसङ्गति, भ्रष्टाचार र अन्य विकृतिहरूलाई व्यङ्ग्यात्मक शैलीमा उजागर गर्नेछ ।



सिस्नुपानी नेपाल २०५५ सालदेखि हास्यव्यङ्ग्यका माध्यमबाट सामाजिक सचेतनाका कार्यक्रम गर्दै आएको संस्था हो ।




