
ढल्केवर- नयाँ वर्षको सुरुवात को शुभारम्भ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा देशव्यापी रूपमा रक्तदान कार्यक्रम गरेर नयाँ वर्ष २०८० मनाएको छ।
उपत्यका सहित देशका विभिन्न ठाउँहरुमा रगतको अभावले ज्यान गुमाइरहेकोले रगतको अभाव हुन नदिनको लागि केन्द्रीय कार्यालय सहित धनुषा जिल्लाको प्रजातान्त्रिक युवा संगठन द्वारा समेत रक्तदान कार्यक्रम गरेर नयाँ वर्ष २०८० मनाइएको कुरा प्रजातान्त्रिक युवा संगठन धनुषा सचिव सुदिप झाले बताउनुभयो।
