सुजाता राई
मोरङ । लघुकथाको विकासका लागि स्थापित संस्था कण लघुकथा मञ्च, बेलबारीले घुम्ती लघुकथा वाचन कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न गरेको छ । बेलबारी १ मा रहेको सिसौली सिमसार पर्यटकीय क्षेत्रमा कार्यक्रमको आयोजना गरेर आफ्नो दोस्रो शृङ्खला सम्पन्न गरेको हो ।
‘कोसी साहित्य कला प्रतिष्ठान नेपाल’ का तदर्थ समितिका अध्यक्ष केशु विरही प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बेलबारीका अग्रज स्रष्टा तथा राजनीतिकर्मी इरान राई, नोबेल साकोस साहित्य संस्था, विराटनगरका उपाध्यक्ष भूपाल अधिकारी, मुक्तक अभियन्ता नवराज पोखरेल ‘नवशिला’ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नवराज पोखरेल ‘नवशिला’, चिरञ्जीवी काफ्ले, उमा सिजापती, कुमार श्रेष्ठ, रोशन पराजुली, केशव रिजाललगायतका स्रष्टाले लघुकथा वाचन गरेका थिए ।
कण लघुकथा मञ्च, बेलबारीका अध्यक्ष दीप मङ्ग्रातीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सहसचिव पवित्रा सापकोटाको रहेको थियो ।




