धनुषा - नेपाली कांग्रेसको धनुषा निर्वाचन क्षेत्र नंं ३ को आज सम्पन्न क्षेत्रीय अधिवेशनबाट निधि सर्वसम्मतिले महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
क्षेत्रीय अधिवेशनबाट क्षेत्र नंं ३ का क्षेत्रीय सभापतिमा धीरेन्द्र निधि सर्वसम्मतिले चयन भए। यसैगरी निधिपत्नी अनामिका पनि महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन्।
त्यसैगरी प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री एवं संसदीय दलका नेता राम सरोज यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश २ का प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र प्रमिला दास पनि सर्वसम्मतिले चयन भए।
मनोमानी गरेको निधिमाथि आरोप
आफ्नै भाइलाई पार्टीको क्षेत्रीय सभापति बनाएको भन्दै कांग्रेसका केही कार्यकर्ता भने निधिसँग असन्तुष्ट बनेका छन्।
कांग्रेसको जारी १४औं महाधिवेशनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनबाट उपसभापति निधिले आइतबार आफ्ना भाइ धीरेन्द्रलाई क्षेत्र नं. ३ को सभापति बनाएका हुन्। यसप्रति कार्यकर्ताहरूले विरोध जनाएका छन्।
क्षेत्र नम्बर ३ धनुषाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रवेश चौधरीले भने, “निधिले आफ्नो मनोमानी हिसाबले मञ्चबाटै आफूअनुकूल व्यक्तिको नाम घोषणा गरे। उनले अलोकतान्त्रिक विधिबाट प्रक्रियालाई मिचे।”
[embed]https://www.facebook.com/permalink.php?story_fbid=3107226982893485&id=100008186414967[/embed]