महोत्तरी - मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई जिम्मेवारी तोकिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शुक्रवार उहाँलाई सो जिम्मेवारी तोक्नुभएको हो ।
काम विशेषले देश बाहिर हुने भएकाले उहाँलाई कार्यवाहक जिम्मेवारी तोक्नुभएको हो ।उहाँलाई मधेश प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको पत्रमा उल्लेख गरिएको छ ।





