सुजाता राई
विराटनगर। युवाकवि मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा छन्द वाटिका नेपाल विराटनगरले भव्य विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
भट्टको कृतित्व, व्यक्तित्व र योगदानलाई उजागर गर्दै उहाँप्रति श्रद्धा अर्पण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विशेष वक्ता केशु विरही, प्राज्ञ खेम नेपाली, प्रा. कविराज न्यौपाने लगायतले मोतीरामको जीवनयात्रा र साहित्यिक योगदानबारे धारणा प्रस्तुत गरे ।

परिचर्चा पश्चात भएको रचना वाचन सत्रमा उमानाथ भट्टराई, गोपाल निर्भीक, लक्ष्मी घिमिरे, शुभलक्ष्मी लम्साल, चुडामणि अकिञ्चन, डोमी कामत, नवराज नवशीला, राधा भट्टराई, पुण्य चौलागाई, किरण अन्जान, जीवन काश्यप, बाबुराम पोखरेल, प्रिन्स प्रमोद, रमेश निरौला, सिजन श्रेष्ठ, सुसिला प्रसाई, गोविन्द ढुङ्गाना मन्जु घिमिरे (दाहाल) लगायत तीन दर्जन स्रष्टाहरूले कविता, गजल र मुक्तक वाचन गरेका थिए भने ऋषि तिवारी,भूपल अधिकारी,कुमार श्रेष्ठ र उदघोष का पत्रकार विजय खतिवडा आदिको उपस्थिति रहेको थियो।

मोरङ र सुनसरीका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रम छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेलको सभापतित्व र प्रा. कविराज न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सन् २०७२ मा कवि हरि कट्टेलको संयोजनमा स्थापित छन्द वाटिका नेपालले निरन्तर रूपमा अग्रज स्रष्टाको सम्मान, स्मरण, रचना वाचन तथा कृति प्रकाशनका गतिविधिहरू गर्दै आएको छ ।




