महोत्तरी – महोत्तरीको औरहीमा बर्दिवास-जलेश्वर सडक खण्डमा टायर बालेर जेन–जी पुस्ताले प्रर्दशन गरेको छ । अहिले औरही नगरपालिका १ औरही बजार चोकमा टायर बालेर सरकारविरुद्ध प्रर्दशन भइरहेको छ।उनीहरुले ‘सरकार मुर्दावाद, गृहमन्त्री राजिनामा दे, जेन–जी हाय/हाय अरु सबै बाई बाई’ लगायतको नाराबाजी गरेका थिए ।
इन्ड करप्सन, आइएम वीथ जेनजी मुभमेन्ट, स्टोप क्रप्सन, युथ युनाइटेड फ्युचर ब्राइट’ लगायतका प्लेकार्ड बोकेका थिए । जेन–जी पुस्ताले युवाहरु सामाजिक सञ्जालमा मात्र नभई सडकमा समेत आउन सक्ने भन्दै अहिले सरकारलाई खबरदारीसमेत गरको छ । सडकमै टायर बालेर तथा मुढाहरु राखेर सडक बन्द गराएपछि बर्दिवास -जलेश्वर जाने यात्रुहरु अलपत्र परेका छन् । कार्यालय जाने कर्मचारीहरु समेत वैकल्पिक बाटो प्रयोग गर्न वाध्य छन् ।



विद्यार्थीहरुले जेन–जीहरुको अविलम्ब माग पूरा गर्नुपर्ने र हत्या गरिएका जेन–जीहरुलाई सहिद घोषणा गर्नुपर्ने अडान राखेका छन् । महोत्तरीको औरही,गौशाला बजार बन्द गरिएको छ ।
महोत्तरीको हरेक चोकमा जेन–जी पुष्ता समुह बनाएर फरक–फरक समयमा प्रर्दशन गरिरहेको छ । विहान ११ बजे एक समुहले औरहीमा प्रर्दशन गरेका थिए ।






















