जनकपुरधाम । जेनजी पुस्ताले महोत्तरी जिल्लाका विभिन्न स्थानमा भइरहेको आन्दोलन र त्यस क्रममा हिंसात्मक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै महोत्तरीको संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले मङ्गलबार साझ ६ बजेर ४० मिनेट बजेदेखि भदौ २५ गते विहान ८ बजे सम्मको लागि कर्फ्यु आदेश जारी गरिएको जनाएका छन्। भदौ २४ गतेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जारी आदेशले तोकिएको क्षेत्रमा सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि पूर्णरूपमा भदौ २५ गते विहान ८ बजे सम्मको लागि निषेध गरिएको हो। कर्फ्यु आदेश तोडफोड वा उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ ।
स्थानीय प्रशासन एन २०२८ को दफा ६क बमोजिम जिल्ला भरिका क्षेत्रमा कर्फ्यु जारी गरिएको सुचनामा उल्लेख गरिएको छ।








