महोत्तरी । जेनजी पुस्ताले महोत्तरी जिल्लाका विभिन्न स्थानमा भइरहेको आन्दोलन र त्यस क्रममा हिंसात्मक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मंगलवार देखि महोत्तरी जिल्ला भरि लगाइएको कर्फ्यु आदेशलाई निरन्तरता दिइएको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले मङ्गलबार साझ ६ बजेर ४० मिनेट बजेदेखि भदौ २५ गते विहान ८ बजे सम्मको लागि लगाइएको कर्फ्यु आदेशलाई अर्को आदेश नभएसम्मलाई निरन्तरता दिइएको जनाउनुभएको हो ।



भदौ २४ गतेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जारी आदेशले तोकिएको क्षेत्रमा सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि पूर्णरूपमा भदौ २५ गते विहान ८ बजे सम्मको लागि निषेध गरिएको हो। कर्फ्यु आदेश तोडफोड वा उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ ।
स्थानीय प्रशासन एन २०२८ को दफा ६क बमोजिम जिल्ला भरिका क्षेत्रमा कर्फ्यु जारी गरिएको सुचनामा उल्लेख गरिएको छ।




