राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् ।
जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए ।
शनिबार दिउँसो आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए ।
त्यसपछि उनी अपराह्न ५ बजेतिर कारागार पुगेका थिए । रास्वपा नेता प्रमोद न्यौपानेले दिएको जानकारी अनुसार कागजी प्रक्रिया पूरा भएसँगै लामिछाने कारागारमा बस्न थालेका छन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीका अनुसार रवि लामिछने कारागार आइपुगेका छन् ।
कारागार प्रशासनले कैदीबन्दीलाई कारागार फिर्ता हुन अपिल गरेपछि लामिछाने शनिबार साँझ कारागार पुगेका हुन् ।



