Oplus_16908288
जनकपुरधाम- दशैं मेलाको अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा राखिएको झुला भाँचिएको छ।
मेला हेर्न गएका दर्शकले चढेको झुला बिस्तारै चलिरहेको अवस्थामा बीचमै भाँचिएको हो। भाग्यवश मानवीय क्षति भने भएको छैन र ठूलो दुर्घटनाबाट जोगिएको छ।



झुलामा चढेका दर्जनौँ मानिस फसेका थिए। उनीहरूको उद्धारका लागि क्रेन परिचालन गरिएको छ र अहिले उद्धार कार्य भइरहेको जनाइएको छ।




