जनकपुरधाम- जेन – जी आन्दोलनपछि पहिलोपटक गृहनगर धनुषा आइपुग्नुभएका नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधि आज आन्दोलनमा आगो लगाइएका स्थलहरुलाई अवलोकन गर्नुभएको छ।

विमान मार्ग हुँदै जनकपुरधाम आइ पुग्नुभएका नेता निधि आगो लगाएर जलाइएको मधेश प्रदेशसभा भवनको भवनको क्षतिग्रस्त स्थानहरूको अवलोकन गर्नुभएको छ। कांग्रेस नेता निधि जनकपुर आउनासाथ सबैभन्दा पहिले धनौजी गाउँपालिका पुगेर पूर्व गाउँपालिका अध्यक्ष बद्री सिंहको पार्थिव शरीरको दर्शन गर्नुभयो। त्यसपछि नेतानिधि मधेश प्रदेश सभा पुगेर जलाइएका भवनको अवलोकन गर्नुभएको छ।




निधि सचिवालयले जनाए अनुसार आजै नेता निधि नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको कार्यालय, मधेस प्रदेशको कार्यालय, नेकपा एमालेका नेता पूर्वमन्त्री रघुवीर महासेठको निवास, नेपाली कांग्रेसका नेता पूर्वमन्त्री महेन्द्र यादवको घर, नेकपा एमालेका नेता दिपेन्द्र ठाकुरको घर, कांग्रेस नेता रामकृष्ण यादवको घर त्यसपछि जनकपुरधाम मिलसरिया स्थित आफ्नो निवास समेत जाने कार्यक्रम रहेको छ। नेता निधि आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनका निजी सचिवालयले जनाएको छ।





