सुजाता राई
मोरङ । विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा विराटनगरमा २० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा सम्पन्न भएको छ । स्वर सङ्गम सङ्गीतालयको सभाहलमा गरिएको कार्यक्रममा साहित्य, कला र संस्कृतिप्रति समर्पित विभिन्न संस्था तथा स्रष्टाहरूको सहभागिता उल्लेखनीय रह्यो ।
कोसी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष तथा लेखक–अनुसन्धाता केशु विरही प्रमुख अतिथि रहेका कार्यक्रममा स्वर सङ्गम सङ्गीतालयका गुरु कुशेश्वर राई, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेललगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थिति थियो ।




प्रमुख अतिथि विरहीले स्रष्टा वा कलाकारले कुनै दलगत झुकावमा नफसी सधैं निष्पक्षतापूर्वक सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे । उनका अनुसार, राजनीतिले समाजमा ल्याएको विभाजनलाई साहित्य, कला र संस्कृतिले मात्र एकतामा परिणत गर्न सक्छ । उनले कोसी साहित्य–कला परिषद् नेपालमार्फत त्यही अभियान अघि बढाइरहेको जानकारी पनि दिए ।
कार्यक्रममा अंशुकुमार गुप्ता, किरण अञ्जान, उद्धव केसी, कुमार श्रेष्ठ, भूपाल अधिकारी, गोविन्द भगत, सुजाता राई, दीपक सम्चू, भवानीप्रसाद पोखरेल, सङ्गीता कर्ण, चूडामणि घिमिरे ‘गोपाल’, प्रिन्स प्रमोदकुमार ढकाल, गोपाल निर्भीक, भीम कोइराला, शम्भु भट्टराई, नवराज पोखरेल ‘नवशिला’, कर्ण सञ्जय, सपना यादवलगायतका स्रष्टाहरूले आफ्ना मौलिक रचना वाचन गर्दै साहित्यिक वातावरणलाई थप जीवन्त बनाए ।

संस्थाका अध्यक्ष डोमी कामतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मैथिल स्रष्टा शिवनारायण सिङ्गलले गरेका थिए।




