सुजाता राई
विराटनगर । नेपाल युवा संरक्षक मञ्चको आयोजनामा असोज १३ गते सोमबार विराटनगर–६, सरौचियामा दशैँ तथा तिहारको विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो।



संस्थाकी अध्यक्ष निशा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एफ विन कोशी प्रदेश अध्यक्ष कृति उपाध्याय कृति श्रेष्ठको अतिथ्यतामा विशिष्ट अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ महिला उद्यम समिति निवर्तमान अध्यक्ष सुनिता छाराहाङ र नया शक्ति केन्द्रिय सदस्य नवराज दाहालको उपस्थिति रहेको थियो।

कार्यक्रमकै दिन अध्यक्ष श्रेष्ठको जन्मदिन पनि परेको हुँदा उपस्थित सबैले एकआपसमा शुभकामना दिँदै जन्मदिन भव्यरूपमा मनाए।

उक्त कार्यक्रममा नत्रराज दाहाल, शर्मिला काफ्ले, केहकशा कौशर, ब्युटी श्रेष्ठ, प्रशान्त भट्टराई, अमित कुमार शैनियार, अर्जुन शाह, रम्भा शाह, मनिष पौडेल, बिनिशा खड्का, यमुना भट्टराई, बिरेन्द्र पौडेल, नितु शाह, रुबि गुद्र, मान्सी राजवंशी, सुप्रिया मण्डल, अदिती शाह, सविता के.सी., हसिना राजवंशी, भिम बहादुर राजवंशी, दिनेश भक्त श्रेष्ठ,शारदा पौडेल,इशा श्रेष्ठ, रंजीता चौधरी, पवित्र श्रेष्ठ लगायतको सहभागिताले महोल आकर्षक बन्यो भने कार्यक्रम सञ्चालन विश्व पराजुलीले गरेका थिए।





