मलङ्गवास्थित झिम नदीको बाढीले डुबानमा पारेको क्षेत्र
मलङ्गवा(सर्लाही), १९ असोज :
अविरल वर्षाका कारण झिम नदीमा आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका–८ स्थित डुबानमा पारेकोे क्षेत्र । तस्बिर : विश्वनाथ ठाकुर/रासस
शुक्रवार र शनिवारको ठूलो वर्षापछिको विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।
अरू सात जना बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी पहिरो र त्यसपछि भएको दुर्घटनामा कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३७ जना इलामका छन् ।
यस्तै पाँचथरमा आठ जना, उदयपुरमा दुई जना र खोटाङका दुई जनाको ज्यान गएको छ । रौतहटमा तीन जना र काभ्रेमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार बाढीपहिरोमा परेर रसुवामा चार जना, बारामा एक जना, इलाममा एक जना र काठमाण्डौमा एक जना बेपत्ता छन् ।




