बर्दिवास शुभस्वतिक अस्पतालको बिज्ञप्तिलाई लिएर स्थानीय युवाहरुले आपत्ति जनाएका छन् ।
गत २२ गते सर्वपक्षीय छलफल भएको सहमति विपरित आफ्नै अडान कायम गर्दै बिज्ञप्ति जारी गरेको भन्दै बर्दिवास स्वतन्त्र युवा (बर्दिवास रेभुलेसन) नामक समुहले आपत्ति जनाएको हो ।
स्थानीय युवा मन्दिप चुरौटेको सिटिस्क्यान रिपोर्ट गलत प्रमाणित गरेर स्वास्थ्यमाथी खेलवाड गरेको शुभस्वस्तिक अस्पताललाई आरोप लागेको थियो ।
एपेन्डिक्स नभएको विरामीलाई एपेन्डिक्स प्रमाणित गरेको र जनसेवा अस्पतालले सामान्य उपचार गरेर डिस्चार्ज गरेको पिडित पक्षले दावी गरेका थिए ।
यसै सन्दर्भमा युवाहरुले पिडितको प्रतिनिधित्व गर्दै भद्र सहमति गरेको र सोही दिन राति कुनै त्रुटि नभएको जिकिर गर्दै गैरजिम्मेवारपन देखाएको भन्दै नगरपालिकालाई उनीहरुले ध्यानाकर्षण जनाएका छन् ।
आज नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीलाई ज्ञापनपत्र बुझाउदै बर्दिवासका युवाहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा मन्दिप चुरौटेमाथि भएको त्रुटि आम सेवाग्राहीहरुमा नदोहोरियोस भनेर गरिएको खवरदारीलाई विज्ञप्तिमा अराजकताको संज्ञा दिनु निन्दनीय भएको उल्लेख गरिएको छ ।
सहमतिविपरित गल्तीलाई आत्मआलोचनासमेत नगरी युवाहरुलाई नै दोषारोपण गर्नु अस्पतालको गैरजिम्मेवारपनको पराकाष्ठा भएको उल्लेख गर्दै त्रुटीहरुले दिर्घकालीन रुपमा नै खतरा भइराख्ने र सेवाग्राहीहरुमा त्रास सिर्जना गर्नेतर्फ ज्ञापनपत्रमा ध्यानाकर्षण जनाईएको छ ।
यस्तो छ नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीलाई बुझाएको ज्ञापनपत्र
बर्दिवास स्वतन्त्र युवा (बर्दिवास रेभुलेसन)
श्रीमान नगर प्रमुख ज्यू, मिति ः २०८२÷०६÷२४
नगर कार्यापालिकाको कार्यालय
बर्दिवास, महोत्तरी
बिषय : ज्ञापन–पत्र
पछिल्लो समय शुभस्वस्तिक अस्पतालको कारण विकसित भएको घटनाक्रमको विषय आम मानिसलाई अवगत नै छ । सिटिस्क्यानको क्रममा एपेन्डिक्स नभएको व्यक्तिलाई एपेन्डिक्सको रिपोर्ट प्रमाणित गरेर उपचारको लागि सल्लाह दिनुलाई जनसेवा अस्पतालमा भएको उपचार प्रक्रियाले उक्त रिपोर्ट गलत भएको पुष्टि भइसकेको छ ।
यसैसन्दर्भमा बिरामी मन्दिप चुरौटेको रिपोर्टमा भएको गम्भीर त्रुटिलाई सर्वपक्षीय छलफलबाट २२ गते नै निष्कर्षमा पुगिसकेको अवस्थामा सो राती शुभस्वस्तिक अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिलाई लिएर हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
बर्दिवासका युवाहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा मन्दिप चुरौटेमाथि भएको त्रुटि आम सेवाग्राहीहरुमा नदोहोरियोस भनेर गरिएको खवरदारीलाई विज्ञप्तिमा अराजकताको संज्ञा दिनु निन्दनीय छ ।
युवाहरुले उठाएको मागलाई सर्वपक्षीय छलफलले एउटा भद्र सहमतिमा पु¥याएको र सोहीअनुसार घटनाक्रम समाप्त भएको अवस्था नै थियो । तर सहमतिविपरित गल्तीलाई आत्मआलोचनासमेत नगरी युवाहरुलाई नै दोषारोपण गर्नु अस्पतालको गैरजिम्मेवारपनको पराकाष्ठा हो ।
हामी पुनः अस्पतालको गैरजिम्मेवारीपनलाई खुलेर विरोध गर्दै यस्ता त्रुटीहरुले दिर्घकालीन रुपमा नै खतरा भइराख्ने र सेवाग्राहीहरुमा त्रास सिर्जना गर्नेतर्फ पनि ध्यानाकर्षण गराउदछौ ।





