मंजित कुमार राम,महोत्तरी - महाेत्तरीकाे सम्सी गाउँपालिका -७ मा माेटरसाईकले ठाेकिदा तीन जना घाइते भएका छन् ।
स्थानीय ओकिल रामकाे श्रीमती वर्ष ४०काे रिता देवी रामलाई आईतवार बेलुका ठाेकिदा खुट्टा ,पेट, घाटिमा चाेटलागी गम्भीर घाइते भएको सम्सी प्रहरी चाैकीका ईन्चार्ज सुमन सिंहले बताउनुभएकाे हाे।
सवारी चालक महाेत्तरीकाे साेनमा गाउँपालिका -३ खखना निवासी लखन यादवको छाेरा वर्ष २८ काे प्रभु यादव र पछाडि सवार औरहीका वर्ष २८ का अशोक यादवसमेत घाइते हुनुभएको प्रहरीले जानकारी दिनुभएको हाे।
घाइते रितालाई प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा भईरहेकाे छन् । भने चालक र सवारलाई धनमति पाेलिक्लिनिक सम्सीमा भईरहेकाे सम्सी प्रहरी चाैकीका ईन्चार्ज सिंहले बताउनुभयाे।
पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तरगत सम्सीबाट खैरबनीतर्फ जादै गरेको ज ९ प३६६२नम्बरको माेटरसाईकले ठक्कर दिएकाे थियो । सवारी अहिले सम्सी प्रहरीकाे नियन्त्रणमा रहेको छन् ।




