सुजाता राई
विराटनगर। प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुने विराट साहित्य सङ्गमको मासिक २३०औं साहित्यिक श्रृङ्खला २०८२ असोज २५ गते राष्ट्रसेवक सहकारी भवनको हलमा सम्पन्न भयो।
संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बलराम पोखरेल, विशिष्ट अतिथि प्रा. डा. मीनराज ढकाल, डा. देवी पन्थी, दिनेश सुवेदी ‘दिङलाली कान्छो’ र खेम नेपाली उपस्थित थिए।

सचिव गोपाल निर्भीकले सञ्चालन गरेको कार्यक्रममा प्रयाग न्यौपाने, कविता केशरी, हरिप्रसाद बराल, उमेश लुइँटेल, भवानीप्रसाद पोखरेल, भीम कोईराला, वासुदेव नेपाल, शारदा कार्की, शारदा भट्टराई, प्रज्ञा कट्टेल, नानुमैया दाहाल, हरि कट्टेल, शम्भुप्रसाद भट्टराई, कविता चापागाईं, एकनाथ ढकाल, प्रिन्स प्रमोद ढकाल, बाबुराम पोखरेल, चुडामणि नेपाल ‘अकिंत्र्चन’, संजय कर्ण, डोमी कामत, चन्द्रकान्त भट्टराई र शिवनारायण सिंगल लगायतका साहित्यकारहरूले रचना वाचन गरेर सुनाए ।
कार्यक्रममा नगेन्द्रमणि न्यौपाने र विन्ध्या न्यौपानेद्वारा राखिएको सहभागी प्रोत्साहन पुरस्कार वासुदेव नेपाललाई गोलाप्रथाबाट प्रदान गरिएको थियो। सो अवसरमा प्रा. डा. मीनराज ढकाल र डोमी कामतलाई विराट साहित्य सङ्गमको आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरेका थियो।




