बर्दिबास-बर्दिबास नगरपालिका -१३ स्थित श्री जनता माध्यमिक विद्यालय डाँडाटोल बिजलपुराको शैक्षिक सुधारका लागि ‘बिजलपुरा रूपान्तरण अभियान’ले विद्यालय प्रशासन र स्थानीय निकायलाई १३ बुँदे मागसहित ७ दिने चेतावनीपत्र बुझाएको छ।
विद्यालयको शैक्षिक स्तर लगातार कमजोर हुँदै गएको भन्दै स्थानीय बासिन्दा तथा अभियानकर्मीहरूले बर्दिबास नगरपालिका–१३ का वडा अध्यक्ष लक्ष्मण सिंह, विद्यालयका प्रधानाध्यापक हरिदेव महतो, र नगर प्रमुख प्रल्लाद कुमार क्षेत्रीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका हुन्।
अभियान संयोजक राज करण महतोका अनुसार विद्यालयको समग्र सुधारका लागि गत असोज १२ गते स्थानीय बासिन्दाको भेलाबाट १३ बुँदे मागपत्र पारित गरिएको थियो। उनले भने, “हामीले विद्यालय सुधारका लागि सुझाबसहितको मागपत्र बुझाएका छौं। सात दिनभित्र प्रक्रिया सुरु नभएमा चरणबद्ध दबाबमूलक कार्यक्रम गर्न बाध्य हुनेछौं।”
मागपत्रमा विज्ञसहितको विद्यालय व्यवस्थापन समिति गठन, शिक्षण–सिकाइ प्रक्रियाको अनुगमन, बाल क्लब र पूर्वविद्यार्थी मञ्चको सक्रियता, अक्षय कोष स्थापनाद्वारा छात्रवृत्ति वितरण, अभिभावक बैठकको नियमितता, र विद्यालय सुधारका लागि सर्वपक्षीय योजना निर्माणलगायतका बुँदा समावेश छन्।
स्थानीयले विद्यालयको निरन्तर गिरावटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समयमै सुधारका कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
अभियानले राखेका मुख्य माग र सुझावहरू
१.विज्ञसहितको विद्यालय व्यवस्थान समिति चयनका लागि यथासिघ्र प्रक्रिया सुरु गर्नु पर्ने ।
२. शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षण सिकाई प्रक्रियाको निरिक्षण तथा अनुगमन गर्न टोली गठन गर्नु पर्ने ।
३. विद्यालय स्तरिय बाल क्लवको सक्रियता र नियमितताका लागि प्रक्रिया सुरु गर्नु पर्ने ।
४.प्रत्येक महिना आफ्नो क्षेत्रमा बिशेषज्ञयता हाँसिल गरेका तथा प्रेरणा दिन सक्ने व्यक्तित्वहरुको माध्यमबाट गेष्टलेक्चरको व्यवस्थान गरि नियमितता दिनु पर्ने ।
५. यस विद्यालयबाट उत्तिर्ण भइसकेका विद्यार्थीहरुको पनि विद्यालय प्रति लगाव बढाउन पूर्व विद्यार्थी मञ्च गठन गर्नु पर्ने ।
६. प्रधानाध्यपाकको पहलमा सर्वपक्षिय बैठक बसी विद्यालय सुधार योजना निर्माण गर्नु पर्ने ।
७. विद्यार्थीको निरन्तर शैक्षिक विकासका लागि अक्षय कोष स्थापना गरि नियमित छात्रवृत्ति प्रदान गर्नु पर्ने ।
८. अभिभावक भेला कार्यक्रमलाई क्रियाशिल र नियमित बनाउनु पर्ने ।
९. शिक्षक, अभिभावक संघलाई प्रभावकारी बनाउन नियमित बैठक गर्नु पर्ने ।
१०. विद्यालयको शैक्षिक विकास तथा सुधारका लागि टोल टोलमा आमा समूह गठन गर्नु पर्ने ।
११ . विद्यालयको समग्र विकासका लागि जनसमुदाय, सहयोगी तथा सरोकारवालाहरुबाट आर्थिक सहयोग जुटाउन समन्वय समिति गठन गर्नु पर्ने लगायत




