काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर साधारणतया बदली रहेको छ । अहिले गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपात भइरहेको छ ।
महाशाखाले सम्भावित हिमपात/वर्षाको कारणले दैनिक जन-जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ ।
अहिले बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय छ । भारतको मौसम विभागले बंगालको खाडीमा सक्रिय रहेको मोन्था चक्रवात थप शक्तिशाली भएर आँधीबेहेरीमा बदलिने चेतावनी जारी गरेको छ ।
मोन्था आँधीको प्रभाव भारतको महाराष्ट्र, आन्ध्र, अन्दमान निकोबारलगायत क्षेत्रमा पर्नेछ । मोन्था आँधीको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टाको दरले बढ्ने अनुमान गरिएको छ । नेपालमा पनि मोन्था आँधीको प्रभाव देखिने छ ।
महाशाखाकाअनुसार आजदेखि बिहीबारसम्म बंगालको खाडीबाट सक्रिय भएको मोन्था चक्रवातले नेपालमा हिमपात र वर्षा गराउने सम्भावना रहेको छ ।
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम -
कार्तिक ११ गते (आज)
दिउँसो - देशभर साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानहरूमा, बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बागमती,गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको छ ।
राति - कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीलगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । गण्डकीका केही स्थानहरूमा, बागमती, लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशीलगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको छ ।
कार्तिक १२ गते
दिउँसो - कोशी, बागमती, गण्डकी, लुम्बिनीलगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राति - देशभर आंशिक बदली बदली रहने छ । कोशी, बागमती र गण्डकीको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
कार्तिक १३ गते
दिउँसो - कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी पहाडी भू-भागमा भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी, मधेश, बागमतीका केही स्थानहरूमा, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
राति - कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी पहाडी भू-भागमा भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी, मधेश र बागमतीका धेरै स्थानहरूमा, गण्डकीका केही स्थान तथा लुम्विनीका थोरै स्थानहरुमा मध्यम वर्षा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको साथै मधेश र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।




