भरतपुर - चितवनमा बिहिबारराति भएको यात्रुवाहक बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर पार्किङ गरी राखिएको ट्रकमा यात्रुवाहक दुई वटै बस ठोक्किँदा दुर्घटना भएको हो ।
सशस्त्रका सह-प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार अनुसार गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस र जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बस क्रमशः ना.६ख ८१३ नम्बरको ट्रकमा ठोक्किएका हुन् । दुर्घटना गएराति करिब पौने २ बजे (१:४५) भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनापछि सडकमा पल्टिएर अवरुद्ध भएको बाटो सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्टको कमाण्डमा पुगेको टोलीले उद्दार गरी बिहान २:५५ बजे एकतर्फी सुचारु गरेको हो । दुर्घटनामा घाइते भएकाहरूलाई तत्कालै उद्धार गरी चितवनका विभिन्न अस्पतालहरूमा उपचारका लागि पुर्याइएको छ ।
घाइतेको अवस्था र उपचार
चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीमध्ये ८ जनाको अवस्था मध्यम रहेको र बाँकी २५ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूमध्ये उदयपुर, धनुषा, रौतहट, महोत्तरी र भारत मोतिहारीका यात्रु रहेका छन् ।
घाइतेहरूको सूची अनुसार टाउको, खुट्टा र हातमा सामान्यदेखि मध्यम चोटपटक लागेका छन् ।
चितवन मेडिकल कलेजमा उपचाररत २० वर्षका सार्थक बाबु श्रेष्ठ (उदयपुर), ३९ वर्षीय सदाकत मिया (जनकपुर), ५२ वर्षीय नरेन्द्र शाह, ४१ वर्षीय मुकेश कुमार केसरी, १७ वर्षीय समिर अन्सारी लगायतका घाइतेको अवस्था मध्यम रहेको बताइएको छ ।
त्यस्तै, नेशनल सिटी अस्पतालमा उपचाररत अधिकांश घाइतेहरूको अवस्था सामान्य छ भने रौतहट बृन्दावनकी ६२ वर्षीया सुनिता देवी मिश्राको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ ।
भरतपुर अस्पतालमा उपचाररत पाँच जनामध्ये तीन जना रौतहटका र दुई जना धनुषा तथा भारतका नागरिक छन् ।
बस चालक पक्राउ
बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बसका चालक धनुषा सहिद नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको विवरण
क) चितवन मेडिकल कलेजमा लगिएका घाइतेहरु
१. उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ ।
२. धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया ।
३. सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह ।
४. धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी ।
५. धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा ।
६. धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण ।
७. सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण ।
८. सोही ठाउँ बस्ने आरुष कर्ण ।
९. धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी ।
१०. रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह ।
११. रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र ।
१२ रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह ।
१३. रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी ।
१४. महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव ।
१५. महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७ वर्षीय राम श्रेष्ठ ।
ख) नेशनल सिटी अस्पताल भरतपुरमा लगिएका घाइतेहरु
१. धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत ।
२. धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह ।
३. सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह ।
४. सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह ।
५. रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो ।
६. रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर ।
७. रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह ।
८. सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह ।
९. रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा ।
१०. भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद ।
११. भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी ।
१२. भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल ।
१३. भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल ।
ग) भरतपुर सरकारी अस्पतालमा लगिएका घाइतेहरु
१. धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी ।
२.रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास ।
३. रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह ।
४. सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास ।
५. भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब ।




