धनुषा- धनुषाको बटेश्वर गाउँपालिका–२ निवासी योगेश श्रेष्ठले संजना अटो यामहा सोरुमबाट मोटरसाइकल खरिद गर्दा स्कुटी उपहार पाएका छन् ।
नेपालभरका यामहा बाइक खरिदकर्तामध्ये आयोजित ‘लक्की ड्र’ योजनामा श्रेष्ठले सो उपहार जितेका हुन् । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित संजना अटो यामहा सोरुममा शुक्रबार आयोजित एक कार्यक्रममा उनलाई स्कुटी हस्तान्तरण गरिएको हो ।

सोरुमका सञ्चालक संजित श्रेष्ठका अनुसार यामहा दशैं–तिहार अफरअन्तर्गतको ‘यामहा राइड द ब्लु रोडर्स अफर’ मार्फत उक्त स्कुटी उपहार प्रदान गरिएको हो । उनका भनाइमा नयाँ मोटरसाइकल खरिदमा एक लाखदेखि दस लाख रुपैयाँसम्म नगद पुरस्कारका साथै स्कुटी उपहार योजना सञ्चालनमा रहेको छ ।
योगेश श्रेष्ठले एफजेड मोटरसाइकल खरिद गरेका थिए । उपहार प्राप्त गरेपछि उनले भने, “मैले सोचेको पनि थिइनँ कि उपहारमा स्कुटी पाउनेछु, यो मेरो लागि निकै खुशीको क्षण हो ।” उनले थपे, “संजना अटो शो रूमले ग्राहकको विश्वास जित्ने किसिमको सेवा दिँदै आएको छ । यस्तो पारदर्शी योजना र सहज सेवा पाउँदा ग्राहकको उत्साह अझ बढेको छ ।”
भिडियो...
श्रेष्ठले यामहा कम्पनी र संजना अटो शो रूम परिवारलाई धन्यवाद दिँदै भने, “आउँदा दिनमा पनि अन्य ग्राहकले यस्तै भाग्यशाली अवसर पाउन सकोस् भन्ने मेरो शुभकामना छ।”





