सुजाता राई
सुनसरी । सिर्जनामा इनरुवाको चौथो साधारण सभा इनरुवा–३ स्थित मालपोत लेखापढी सेन्टरको सभा हलमा शनिबार सम्पन्न भयो। संस्थाले आयोजना गरेको उक्त सभामा नारी स्रष्टा समाज, नेपालकी अध्यक्ष तथा लघुकथाकार ममता मृदुल प्रमुख अतिथि थिइन्।
कार्यक्रममा प्राज्ञ जीवनारायण पोखरेल ‘पन्छी’, चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, प्रलेस नेपाल कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, विराटनगर प्रज्ञा–प्रतिष्ठानका शिवनारायण सिङ्गल, झोराहाट नाट्य समाजका अध्यक्ष भरत बर्बरिक लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।

त्यस्तै कार्यक्रममा गोपाल कोइराला, छविलाल रिजाल, डम्मरुवल्लभ अधिकारी, शशीप्रसाद बजगाईं, इरान राई, श्रीप्रसाद पोखरेल, भवानीप्रसाद पोखरेल, रमेश निरौला, प्रिन्स प्रमोद ढकाल, रोहिणी रसिक, नवराज पोखरेल ‘नवशिला’, मुना मिश्र, जेबी खत्री, विनोद विवश घिमिरे, शान्ता भट्टराई, ऋषि तिवारी, उमा खतिवडा, केशव रिजाल, शकुन्तला मञ्जरी, रोशन पराजुली, जेनिश खत्री लगायतका स्रष्टा÷कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा ‘सिर्जनामा इनरुवा साहित्य पुरस्कार’ बाट तारानाथ शर्मा पोखरेल र ‘रमेन्द्र–शावित्री लघुकथा पुरस्कार’ बाट श्रीओम श्रेष्ठ रोदन सम्मानित भए। साथै टङ्क भेटवाल, शिवनारायण पण्डित, धनजित पराजुली, मञ्जु घिमिरे दाहाल, भूपाल अधिकारी, रामकुमार पण्डित छेत्री, कान्ता पोखरेल, पूजा बहार, टङ्क राजवंशी, मुना आत्रेय लगायतका स्रष्टाहरूलाई संस्थाले सम्मान गर्यो।
कार्यक्रममा डा. देवी पन्थी, गोपाल कोइराला, इरान राई लगायतले शुभकामना व्यक्त गरे भने विष्णु दाहाल, युवराज दाहाल, मधु पोखरेल, खेमरञ्जन खनाल, अनुज दाहाल, आशुतोष आचार्य, सक्षम यादव, टङ्क प्रसाद भेटवाल लगायत स्रष्टाहरूले रचना वाचन गरे।

अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव रमेन्द्र कोइरालाले सञ्चालन गरेका थिए।
सभाबाट लीलानाथ सिलवालको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
उपाध्यक्ष राधा सुवेदी, सचिव रमेन्द्र कोइराला, सहसचिव प्रकाश अनुराग, कोषाध्यक्ष यशोदा अधिकारी आचार्य तोकिएका छन्।
त्यस्तै सदस्यमा कान्ता भट्टराई, द्वारिका पोखरेल, कविराज घिमिरे, किरण मेहता र विष्णु दाहाल चयन भएका छन्।




