रञ्जन भण्डारी,महोत्तरी- वर्तमान सरकारले फाल्गुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिती तोके सँगै जिल्लामा पनि निर्वाचन सम्बन्धी तयारी तीब्र पारिएको छ । सोही तयारीको क्रममा जिल्ला निर्वाचन कार्यालय महोत्तरीको समनव्य र महोत्तरीमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समिति प्रमुख इन्द्र देव यादवको अध्यक्षतामा राजनीतिक दलहरु र पालिका प्रमुखसंग छलफल गरिएको छ । छलफलमा जिल्ला निर्वाचन कार्यालय र सुरक्षा निकाय प्रमुखहरुसँगै जसपा,नेपाली कांग्रेस,तमलोपा,जनमत, रास्वपा ,राप्रपा,लोसपा र माओवादी केंद्र लगायतका दलहरुले सहभागिता जनाएका छन ।
छलफलमा बर्दिबास नगरपालिका,गौशाला नगरपालिका,रामगोपालपुर नगरपालिका,मटिहानी नगरपालिका,महोत्तरी गाउपालिका र सोनमा गाउपालिका लगायतका पालिका प्रमुखहरु समेतको उपस्थिति रहेको थियो । बैठकमा मतदान केंद्र,सुरक्षा सवाल र दलहरुसंग निर्वाचन कार्यालय तथा सुरक्षा समिति बीच समन्वय बारे छलफल गरिएको छ ।



छठको भोली पल्ट महोत्तरी मैं गृहमन्त्री सहितको टोलीसंग महोत्तरी सहित मधेश प्रदेशको सुरक्षा निकायहरुसंग भएको सुरक्षा समितिको बैठकमा गृहमन्त्रीले सुरक्षा अबस्था बारे बुझदै निर्वाचनको वातावरण सहज गर्न र आबश्यक तयारी गर्न निर्देशन दिएका थिए। निर्वाचन तयारी कै क्रममा नया मतदाता दर्ता तथा अद्यावधिक गर्ने कार्य कार्तिक ३० गते सम्म चल्ने छ ।




