जनकपुरधाम ।मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति संवैधानिक नभएको भन्दै मधेश प्रदेशका सात दलका सांसदहरूले सोमबारदेखि मधेश भवन अगाडि धर्ना सुरु गरेका छन्।
मुख्यमन्त्री नियुक्तिको विरोधमा धर्नामा बसेका सांसदहरूलाई मधेश भवन प्रवेशमा रोक लगाएपछि उनीहरू मुख्य गेट नजिकको सडकमा लामबद्ध भई प्रदर्शनमा छन्।



सुरक्षाकर्मीको बाक्लो उपस्थितिका कारण भवन वरिपरि कडा सुरक्षा व्यवस्था गरिएको छ।
सडकमा धर्ना बसेसँगै उक्त मार्गमा सवारी आवागमन रोकिएको छ।
एमाले, राप्रपा र संघीय समाजवादीबाहेकका विपक्षी दलका सांसदहरू आन्दोलनमा सहभागी छन्।
गत रात प्रदेश प्रमुखले सरोजकुमार यादवलाई बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त गरी शपथ गराएपछि प्रदेशमा राजनीतिक तनाव बढेको छ।
सोमबार नै विपक्षी दलहरूले मुख्यमन्त्री निवासमा तोडफोड समेत गरेका थिए।




