धनुषा- धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।
बर्दिबासतर्फ जाँदै गरेको को १ ख ५५७१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००२ प १८९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
ठक्करबाट बट्टेश्वर गाउँपालिका–१ का २८ वर्षीय कृष्णदेव महतो गम्भीर घाइते भएका हुन्। घाइते महतोको तत्काल उद्धार गरी उपचारका लागि जनकपुरस्थित एक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।




