धनुषा ।मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध महाअभियोग दर्ता भएकाे छ ।
बिहीबार साझ सभामुख मण्डल विरुद्धमा सात राजनीतिक दलले प्रदेशसभा सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन्।
सभामुख मण्डलले प्रदेशसभामा तटस्थ भूमिका निर्वाह नगरेको भन्दा नेपाली कांग्रेस,जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी नेपाल र नागरिक उन्मुक्ति पार्टीले ६४ सांसदको हस्ताक्षर सहित महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

गत शनिबार लोकतान्त्रिक समाजवादी नेपालका नेता मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले विश्वासको मत लिने समयमा नेकपा माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारी र माला कर्णलाई बोल्ने मौका दिएर सभामुखले मुख्यमन्त्रीले विश्वासको मत लिने वातावरण बिगारेको र त्यसपछि विश्वासको मत परीक्षण गर्ने वातावरण नै नबनाएको सात दलको आरोप छ ।
प्रदेश सभामा १०७ सदस्य रहेको छ । अहिले तीनजना सांसद निलम्बनमा छन् । संवैधानिक व्यवस्था अनुसार दुईतिहाईले महाअभियोग प्रस्ताव पारित हुन्छ । दुई तिहाईका ७१ सांसदको आवश्यकता पर्छ ।
नेकपा एमालेको तर्फबाट मण्डल सभामुख बनेका छन् । महाअभियोग प्रस्तावमा उपसभामुख बबिता इसर राउतले तोक लगाएर प्रदेशसभा सचिवालयमा पठाइसकेको छन् । प्रस्ताव दर्ता गराउने क्रममा सभामुख मण्डलकस स्वकीय सचिवहरुले अवरोध गरेका थिए ।
महाअभियोग प्रस्ताव दर्ता गराउने बेला एमालेका नेता कार्यकर्ताहरुले अवरोध गर्न खोजे पछि प्रदेश सभा भवनमा केहि तनावपूर्ण स्थिती बनेको थियो ।
सभामुख रामचन्द्र मण्डलले उपसभामुख बबिता राउतको कर्यकक्षमा बन्धक बनाई राखेकोको संसादहरु बाहिर निस्केका छन्।
बंधक बनाई राखिएका संसादहरुलाई नेपाल प्रहरीले रेस्क्यू गरेर निकालेको जनमतका चन्दन सिंहले जनाएका छ्न । त्यस अघि सभामुख मण्डलले जसपा सांसद उपेन्द्र महतो र सांसद सिंहलाई हातपात गरेको स्वयं सिंहले बताउनु भयो । पछाडिको ढोकाबाट सभामुख मण्डल पक्षका व्यक्तिहरू छिरेर भित्र रहेका सांसदहरूलाई तथानाम गाली गर्दै हातपात गरेको हो । सभामुख मण्डलमाथि आचरण विपरीत कार्य गरेको भन्दै महाअभियोग दर्ता गर्न गएका सात दलका प्रदेश सांसदहरुले पत्र दर्ता गर्न उपसभामुख संग तोक लगाई प्रक्रिया अगाडि बढाएपछि नेकपा एमाले र सात दलका माननीय वीच तनाव बढेको थियो ।





