सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेश सभाका पांच जना सांसदलाई पदमुक्त गरेका छन। १० ओटा बैठकमा अनुपस्थित रहेको भन्दै रिषको झोंकमा साँसदहरुलाई पदमुक्त गरेका छन ।
सभामुख मण्डलले पदमुक्त गरेका सांसदहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जसपाका मनिषकुमार सुमन, जसपाकै संजय कुमार यादव, जसपा कै सिंहासन शाह कलवार र जसपा कै शारदाशंकर प्रसाद कलवारलाई रहेका छन् ।
उनिहरूलाई पदमुक्त गरिएको सूचना सभामुखले जारी गरेका छन्।
‘संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको बेहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा उल्लेख गरिएको छ।
यसअघि नेपाली कांग्रेससहित सात दलीय गठबन्धनले ६४ जना सांसदको हस्ताक्षरसहित सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएको थियो।





