जनकपुरधाम – धनुषामा मिथिला बिहारी नगरपालिकाका एक वडा अध्यक्षलाई गोली हानी गरिएको छ ।
शुक्रबार साँझ अपरिचित ब्यक्तिले गोली प्रहार गरि मिथिला बिहारी नगरपालिकाको वडा नम्बर-९ का वडाध्यक्षको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



धनुषा प्रहरीका अनुसार अपरिचित ब्यक्तिले गोली प्रहार गरी वडाध्यक्ष विन्देश्वर यादवको हत्या गरेको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार गोली प्रहारबाट गम्भीर घाइते वडाध्यक्ष यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइए पनि चिकित्सकले उनको बाटो मै मृत्यु भइसकेको जनाएको थियो ।
हत्या किन र कसले गरेको भन्ने विषयमा अहिले रहस्य मै रहेको र प्रहरीले घटना गम्भीर भएको बताउँदै घटनामा संलग्न व्यक्तिहरूको खोजतलास तीव्र पारिएको जनाएको छ।




