जनकपुर - मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
मुख्यमन्त्री यादव प्रदेश प्रमुखको कार्यालयमा पुगेर कर्णलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।
भेटवार्ताका क्रममा मुख्यमन्त्री यादवले प्रदेशको समसामयिक राजनीतिक घटनाक्रम, पछिल्लो राजनीतिक चलपहेल तथा सरकार सञ्चालनसम्बन्धी विभिन्न विषयमा प्रदेश प्रमुखलाई जानकारी गराएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ।
नवनियुक्त प्रदेश प्रमुख कर्णले प्रदेशको सुशासन, विकास–समृद्धि तथा कुशल प्रशासनिक सञ्चालनका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।




