बौद्विक अपाङ्ग तथा सारिरिकरुपमा अपाङ्ग भएकाहरुलाई आड्रा नेपालको आर्थिक सहयोगमा समृद्व नेपाल बर्दिवासले स्वरोजगार बनाएको छ ।
महोत्तरीको बर्दिवास, भंगाहा र औरही नगरपालिकाका झन्डै ७० जनालाई स्वरोजगारमा जोडेको हो ।



१ बर्षे परियोजना अन्तर्गत संस्थाले संचालन गरेको उक्त परियोजना स्थानीय सरकार र सम्बन्धित वडाको प्रत्यक्ष निगरानीमा अगाडी बढाएको संस्थाले जनाएको छ । समृद्व नेपालको अनुसार यो परियोजनाको अवधि डिसेम्बरमा समाप्त हुनेछ ।
अपांङ्गहरु छनोट गर्दा वडा र नगरको सिफारिसमा श्रेणी छुट्याएर गरिएको संस्थाका अध्यक्ष भिम आलेले जानकारी दिए । जनही २० हजार लगानी गरेर आयआर्जनमा जोडेपछी जीवनयापनको तौरतरिकामा नै परिवर्तन आएको देखिएको छ ।
ईच्छाअनुसार उनीहरु किराना पशलदेखि ठेलागाडामा चटपटे पशल संचालन गरेर आयआर्जनमा जोडिएका छन् । जन्मजात वा दुर्घटनाबाट हात, खुट्टा, आँखा तथा अपांङ्ग भएकाहरुलाई संस्थाले प्राथमिकतामा राखेको छ ।
यसमध्ये कान नसुन्ने र बोल्न नसक्नेहरुलाई पनि स्वरोजगार कार्यक्रममा जोडेको अध्यक्ष आलेको भनाई छ । पारम्भिक चरणदेखि व्यावसायिक योजना बनाएर स्वरोजगारमा उनीहरुलाई सक्रिय बनाईएको छ ।
बर्दिवासका जासर महतो संस्थाले बाच्ने आत्मविस्वास जगाएको बताउछन । उनी खुट्टाका कारणले हिडडुल गर्न सक्दैनन । घरमा नै बसेर किराना पशल चलाएका महतो अहिले दैनिक ११ सयसम्म कमाउछन् । ‘आजकाल जीवनदेखि आशा पलाउँन थालेको छ ।’ उन्ले भने । ‘म जस्तै कयौ जनाको उद्दार गरेको सुन्दा संस्थाप्रति निक्कै खुशी छु ।’
’




