जनकपुरधाम- धनुषाको बटेश्वर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । मदन विकको अध्यक्षतामा कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा विजय कुमार महतो, सचिवमा सरोजकुमार ठाकुर, उपसचिवमा सन्तोष महतो र कोषा ध्यक्षमा मन्जु कुमारी साह छन् । यस्तै सदस्यहरुमा अमित पाठक, रुपेश साह, श्रीराम ठाकुर, गरुडमान पाख्रिन, , सदिरा खातुन र रमिला महतो रहेको अध्यक्ष विकले जानकारी दिए ।
उनका अनुसार कमिटीको सल्लाहकारमा मोहनबहादुर बुढाथोकी र श्रवण सिंह छन् । एमाले र काँग्रेस परित्या गरी उनीहरु रास्वपाको गाउँ कमिटि गठन गरेको अध्यक्ष विकले बताए ।

पार्टी प्रवेश र गाउँकमिटी गठन अवसरमा रास्वपाका मधेश प्रदेश सभापति तपेश्वर यादव, धनुषा जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादव, केन्द्रीय नीति निर्माण विभागकी केन्द्रीय सदस्य प्रमिला महतो लगायतको विशेष उपस्थिति रहेको थियो ।




