नवलपुर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु–८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार बिहान करिब १० बजे नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको यात्रुवाहक बस सडकबाट करिब १५ मिटर तल खाल्डोमा खसेको हो । बसमा करिब ३५ जना यात्रु सवार रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा घाइते भएका सबैको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मधु नेपालले बताउनुभयो । घाइतेहरुको उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका लागि पठाइएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





