सिरहा– सिरहा नगरपालिका– १ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । लैगिंक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना अन्तरगत नगरपालिकासँगको समन्वयमा लैगिंकमैत्री तथा गुणस्तरीय सार्वजनिक सेवा ःसेवाग्राहीको अनुभव विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम युरोपियन युनियन र संयुक्त राष्ट्रसंघ महिला कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग, प्रोपव्लिकको अगुवाईमा निड्स नेपाल धनगढी र सुशासन प्रर्वद्धनका लागि युवा सुर्खेतको साझेदारीमा सञ्चालन हुँदै आएकोछ।

कार्यक्रममा करिब २०० जना भन्दा बढी स्थानियको सहभागिता रहेको थियो । स्थानीय सरकारले प्रवाह गर्ने विकास र सेवासंग सम्वन्धित कार्यलाई लैगिंकमैत्री, जनमुखी, जवाफदेहि र पारदर्शि कसरी बनाउन सकिन्छ भन्ने विषयका कार्यक्रम सञ्चालन भएको बताईएको छ । त्यसका साथै योजना तर्जुमा तथा निर्णय प्रकियामा महिला तथा पछाडि पारिएको वर्ग, दलित जनजाती र अपांगता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चित वनाउने पनि कार्यक्रमो उद्देश्य रहेको प्रो पब्लिकका मधेस प्रदेश संयोजक अजय साहले बताए ।

कार्यक्रममा जवाफदेही व्यक्तिका रुपमा नगरपालिका नगरप्रमुख डा नविनकुमार यादव, उपप्रमुख बबिता कुमारी साह सहित पालिका विभिन्न शाखाका प्रमुखहरु रहेका थिए ।

कार्यक्रममा विकास र सेवासंग सम्वन्धित रहेर दुई दर्जन भन्दा बढी महिला पुरुषहरुले विभिन्न समस्याहरु तथा विषयवस्तुका बारेमा प्रश्न गरेका थिए । जवाफदेही व्यक्तिहरुले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रमको अन्तमा ६ वुँदे लिखित सार्वजनिक प्रतिवद्धता पनि गरिएको थियो ।

सार्वजनिक सुनुवाई प्रो पब्लिक मधेस प्रदेश संयोजक अजय साहले सहजीकरण गरेका थिए । परियोजनाका सहजकर्ता दुर्गा परियारले उदघोषण गरेको कार्यक्रममा प्रो पव्लिकका टिम लिडर पोष्ट केसीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए




