
जनकपुरधाम - महोत्तरी जिल्लाको बलवा नगरपालिकाले गत आर्थिक बर्षमा विना प्रमाण लाखौं रुपैयाँ भुक्तानी गरेको छ । विभिन्न निर्माण कम्पनीलाई बलवा नगरपालिकाले प्रमाण पेश नगरे पनि लाखौं रुपैयाँ भुक्तानी गरेको पाइएको छ । महालेखा परिक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा विना प्रमाण ११ लाख २३ हजार चार सय रुपैयाँ भुक्तानी गरेको छ ।
भुक्तानी लिने निर्माण कम्पनीहरुमा श्री गणेश ननमाणय सेवा ९६ हजार, श्री गणेश निर्माण सेवा ७१ हजार, श्री राम कन्सट्रक्सन २१ हजार, अनन्त निर्माण सेवा २० हजार, पूजा कन्सट्रक्सन ८७ हजार, एस के निर्माण एण्ड सप्लायर्स २० हजार, निश्चल निर्माण सेवा २० हजार, कृष्ण मन्जु कन्सट्रक्सन प्रा.लि. २० हजार, संजय कन्सट्रक्सन २० हजार रहेका छन् ।
त्यस्तै शिव ज्योति कन्सट्रक्सन २० हजार, आदर्श नेपाल कन्सट्रक्सन १२ हजार, पञ्चधुरा कन्सट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.१ लाख ७३ हजार, वि एण्ड वि कन्सट्रक्सन १९ हजार, विवेक कन्सट्रक्सन २० हजार, सौमया निर्माण सेवा २० हजार, पुजा कन्सट्रक्सन ७० हजार, पुजा कन्सट्रक्सन ५२ हजार, अभिषेक एण्ड बव्लु निर्माण सेवा २० हजार, जिरा देवी कन्सट्रक्सन प्रा.लि. २० हजार, पञ्चधुरा कन्सट्रक्सन एण्ड सप्लायर्स १ लाख ८२ हजार चार सय, गौरी एण्ड उज्वल कन्सट्रक्सन २० हजार रकम विना प्रमाण पेश गरी भुक्तानी लिएको पाइएको छ ।
त्यस्तै जित एण्ड रिंकु निर्माण सेवा २० हजार, आशिष एण्ड आश्विनी जेनरल अर्डर सप्लायर्स २१ हजार, संजय कन्सट्रक्सन १९ हजार, गौरी एण्ड उज्वल कन्सट्रक्सन २० हजार, पिके कन्सट्रक्सन २० हजार र सृष्टि कन्सट्रक्सन २० हजार रुपैयाँ गरी कुल ११ लाख २३ हजार चार सय रुपैयाँ विना प्रमाण पेश गरी भुक्तानी गरिएको पाइएको छ ।-मधेश टुडे