धनुषाको शहीद नगरपालिका वडा नं १ बलाबाखर बगवन स्तिथ ज्ञान वरदान इंग्लिश बोर्डिङ को प्राङ्गण मा “रक्तदान जीवनदान, महादान” भन्ने नाराका साथ शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
“टोल टोलमा रक्तदान, एक घर एक रकतदाता हाम्रो अभियान” भन्ने उद्देश्यसहित आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रम हामि युवा (Youth for Change) र ज्ञान वरदान ई.बी. स्कूलको संयुक्त आयोजनामा सम्पन्न गरिएको थियो। रक्तदानलाई प्रभावकारी बनाउँदै समुदायमा रक्तदानसम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जानकारी दिए।
कार्यकर्ममा ज्ञान वरदान इंग्लिश बोर्डिङ स्कुल का संस्थापक प्रिनसिपल झागरु यादवले हाम्रो स्कूलले यस्तो कार्यकर्महरु बेला बेलामा गरिनै रहेको छौं र आगामी दिनमा पनि गर्ने उनले प्रतिबद्धता जनाउनु भयो।
हामि युवा समूहले आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवा तथा जनचेतनामूलक कार्यक्रम निरन्तर चलाइने बताएको छ।
कार्यकर्ममा अतिथि ज्ञान वरदान इंग्लिश बोर्डिङ स्कुल का संस्थापक प्रिन्सपल गणेश यादव , सामाजिक अभियन्ता धीरेन्द्र शाह , हंसपुर नगरपालिका का ल्याब प्रमुख शंकर महतो , नैना हस्पिटल का ल्याब सञ्चालक सरोज यादव , स्थानिय युवाहरु को सहभागिता रहेको थियो।




