सरकारले २०८१ चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट सहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलव्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ भने जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले चालू आर्थिक बर्षका लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मुल्य प्रतिक्वीन्टल ६२० रुपैया तोक्दै ७० रुपैया अनुदान कायम गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताउनुभयो । बैठकले त्यस्तै सहसचिव राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको भने आर्थिक कार्यविधि तथा वित्तिय उतरदायित्व दोश्रो संशोधन नियमावली स्वीकृत गरिएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।
त्यसैगरि मन्त्रिपरिषद्ले बिभिन्न १० जिल्लाका ९४ हजार ५ सय २७ गरिव परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ ।




