सुजाता राई
विराटनगर । स्वर संगम संगीतालयद्वारा आयोजित शास्त्रीय तथा सुगम संगीत मासिक कार्यक्रमको ७१औँ शृङ्खला मंसिर २७ गते शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता संगीतालयका अध्यक्ष कुशेश्वर राईले गरे भने श्याम पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
बिशिस्ट अतिथिहरूमा- गोपाल गुप्ता, शिव नारायण सिंगल, भगवान झा, विजय खतिवडा, माधव अधिकारी, दोमिकामात, सुजाता राई, यशोदा पौडेल र रश्मी हमाललगायतको उल्लेखनीय सहभागिता जनाए ।

कार्यक्रममा संगीतालयका प्रशिक्षार्थीहरू आकृति राई, ज्योति राजवंशी, बैजनाथ यादव, माही र तारा अटल, कृष्ण श्रेष्ठ, सौम्य रेक्मी तथा सरल रेक्मीले शास्त्रीय र सुगम संगीतका आकर्षक प्रस्तुति प्रस्तुत गरे साथै अतिथि कलाकारहरू विदुर ढुंगेल, कोषराज न्यौपाने, गोपालप्रसाद गुप्ता, रश्मी हमाल र डा. भगवान झाले प्रस्तुत गरेका गीत–संगीतले सभाहललाई रसिलो बनायो।

लोकप्रिय तथा सशक्त प्रस्तुतीहरूले दर्शक–श्रोताको मुहारमा उत्साह र सन्तुष्टिको भाव झल्किएको थियो। अध्यक्ष राईबाट प्राप्त सुझाव, सल्लाह र शुभआशीर्वादसँगै अतिथिहरूको हौसला र प्रेरणाले प्रशिक्षार्थीहरू थप उत्साहित बनेका थिए।
कार्यक्रमको सञ्चालन महिमा शर्माले सशक्त र सुस्पष्ट ढंगले गरेकी थिइन् ।





